काठमाण्डौ । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । रुपन्देही जिल्ला अदालतले पुनलाई हिरासतमा रखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए ।
सहकारी ठगी प्रकरणमा मुछिएका पुनलाई प्रहरीले काठमाण्डौको टोखाबाट पक्राउ गरेर अनुसन्धानका लागि रुपन्देही पठाएको थियो । बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणको अनुसन्धानका क्रममा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएको भन्दै पक्राउ गर्न रुपन्देही प्रहरीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो ।
सहकारी ठगी प्रकरणका अनुसन्धान गर्दा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएकाले पक्राउ गर्न रुपन्देही प्रहरीले काठमाण्डौ
प्रहरीलाई पत्राचार गरेको थियो । पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ ।
अर्थ चाैतारी ।