logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरा पक्राउ

    सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरा पक्राउ

    1.7K
    SHARES
    सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरा पक्राउ

    काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए ।



     

    सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

     

    यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनी भेप मार्फत भएकाे सुन तस्करीमा संलग्न रहेकाे आयाेगले ठहर गरेकाे  थियाे ।

     

    सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

     

    उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।


    अर्थ चाैतारी
  • सोमबार, ५ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट