logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • रमेश कर्पले सिएसआर कार्यक्रमको स्थापना दिवस अनाथालयमा मनायो

    रमेश कर्पले सिएसआर कार्यक्रमको स्थापना दिवस अनाथालयमा मनायो

    1.1K
    SHARES
    रमेश कर्पले सिएसआर कार्यक्रमको स्थापना दिवस अनाथालयमा मनायो

    काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो कर्पोरेट समूहमध्ये एक रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस सिएसआर कार्यक्रमको साथ अनाथालयमा मनाएको छ।



    विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमहरुको साथ १८ मार्चमा मनाउँदै आइरहेको संस्थापक दिवस यसवर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरी विशिष्ट र प्रभावकारी ढंगले मनाइएको छ। समाजको लागि पुनः योगदानमा बलियो दृष्टिकोण राख्ने रमेश कर्पोरेशनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

    सिएसआर कार्यक्रममा, रमेश कर्प का सदस्यहरुले अनाथालयमा विभिन्न रमाइला गतिविधिहरुको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै खाना र स्टेशनरी जस्ता आवश्यक वस्तुहरू वितरण गरेका थिए। रमेश कर्पको यो कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति कम्पनीको प्रतिबद्धताले समाजमा सकारात्मक प्रभाव पार्ने आफ्नो मूल्यमान्यता र समर्पणलाई झल्काउँछ।

     

    रमेश कर्पोरेशनका सदस्यहरुले अनाथ आश्रममा भेला भइ बालबालिकाहरुबीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका थिए। बालबालिकाको मुहारमा खुशी, मुस्कान ल्याउन र उनीहरुको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यस उत्कृष्ट कार्यको लागि कृतज्ञताका साथ सदस्यहरुले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए।

     

    कार्यक्रमको बारेमा बोल्दै, रमेश कर्पोरेशनका उपाध्यक्ष सुशील गुप्ताले भने, ‘आज रमेश कर्पोरेशनको नेस्रो संस्थापक दिवस र यो दिन हाम्रो लागि विशेष छ किनकी हामीले हाम्रा संस्थापक स्वर्गीय रमेश गुप्ता र उहाँको दर्शनलाई सम्झने र यस्ता कार्यहरूमार्फत् समुदायमा पुनः योगदान गर्ने अवसर पाइरहेका छौं। बालबालिकाको भलाइको लागि योगदान गर्ने अवसरको लागि हामी आभारी छौं। समग्रमा, सामाजिक उत्तरदायित्वप्रतिको हाम्रो समर्पण र त्यसको इच्छाशक्तिलाई यो लक्ष्य प्राप्ति तर्फको एउटा सानो कदमको रूपमा हेरेका छौं।’

     

    रमेश कर्पोरेशनका उपाध्यक्ष रोहित गुप्ताले थपे, ‘हाम्रो संस्थापक दिवस विशेष अवसर हो किन भने हामीले हाम्रा संस्थापक रमेश गुप्ताको मूल्यमान्यता र दृष्टिकोणलाई सम्झन्छौं। हामी समाजको लागि पूनः योगदानमा विश्वास गर्छौं, र त्यो लक्ष्य हासिल गर्नको लागि यो कार्यक्रम एउटा सानो कदम मात्र हो। हामीलाई यस बालमन्दिर अनाथालयका बच्चाहरूसँग समय बिताउन र उनीहरूको कल्याणमा योगदान गर्ने मौका दिनु भएकोमा हामी धेरै आभारी छौं।’


    अर्थ चाैतारी
  • सोमबार, ५ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट