logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सूर्यदर्शन सहकारी पीडितले संसदीय समितिमा दिए उजुरी

    सूर्यदर्शन सहकारी पीडितले संसदीय समितिमा दिए उजुरी

    806
    SHARES
    सूर्यदर्शन सहकारी पीडितले संसदीय समितिमा दिए उजुरी

    काठमाण्डौ । पोखराको सूर्यदर्शन सहकारी पीडितले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन् । ७ जना पीडितले सुशासन समितिका सभापति रामहरि खतिवडालाईआज ध्यानाकर्षणपत्र बुझाउँदै जीवी राईसहित १४ प्रतिवादी पक्राउ गर्न माग गरेका छन् ।



    उनीहरूले समितिको बैठकमा आफ्ना माग पढेर सुनाए । सूर्यदर्शन सहकारी बचत पीडित सङ्घर्ष समिति अध्यक्ष किरण श्रेष्ठले समितिका सभापति खतिवडालाई जिल्ला प्रहरी कार्यालयले किटान गरेका व्यक्तिलाई कारबाही गर्न माग गर्नुभएको छ । सूर्यदर्शन सहकारीविरुद्ध एक हजार ३७ जनाले उजुरी दिएका छन् ।

    उक्त सहकारीले १८ हजार ७०० वचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भएपनि विगत २ वर्ष यता कसैले पनि फिर्ता पाउन नसकेको पीडितहरुले बताएका छन् । रकम फिर्ता नपाएपछि कानूनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई९जिबि राई० पक्राउ पर्न नसकेका भन्दै उनीहरुले राईलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन् ।

    सभापति खतिवडाले सो निवेदन उपर उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका लागि पहल गर्न सरकारलाई आग्रह गरिने पनि बताए ।


    अर्थ चाैतारी
  • विहिबार, ८ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट