logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • काठमाण्डौ उपत्यकामा होलीलाई लक्षित गरेर सुरक्षा व्यवस्थामा कडाई

    काठमाण्डौ उपत्यकामा होलीलाई लक्षित गरेर सुरक्षा व्यवस्थामा कडाई

    1.5K
    SHARES
    काठमाण्डौ उपत्यकामा होलीलाई लक्षित गरेर सुरक्षा व्यवस्थामा कडाई

    काठमाण्डौ । भोलिको होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन काठमाण्डौ उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा भोलि र तराईमा पर्सि होली पर्व मनाइँदैछ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको र होली सुरक्षित र मर्यादित बनाइने काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि आग्रह गरेको छ ।



     

    तीनवटै जिल्लाका ठाउँ ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाउने तयारी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि यस वर्ष काठमाण्डौ उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखि नै जाँचको व्यवस्था मिलाइएको बताउनुभयो । जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिनेछन् ।

     

    यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन गर्ने तयारी छ । अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडागर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

     

     

    file image


    अर्थ चाैतारी
  • शनिबार, १० चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट