logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • महुली लघुवित्तको वार्षिक साधारण सभा चैत २६ मा, यस्ता छन् प्रस्ताव

    महुली लघुवित्तको वार्षिक साधारण सभा चैत २६ मा, यस्ता छन् प्रस्ताव

    832
    SHARES
    महुली लघुवित्तको वार्षिक साधारण सभा चैत २६ मा, यस्ता छन् प्रस्ताव

    काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाकाे ११औं वार्षिक साधारण सभा चैत २६ गते बस्ने भएको छ । फागुन ३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय महुली सप्तरीमा गर्ने निर्णय गरेको छ । सभा बिहान ११ बजे सुरु हुनेछ ।



    सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । यसअघिनै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ ।

    सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण प्रस्तुत हुनेछन् ।

    सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लागी लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


    अर्थ चाैतारी
  • आइतबार, ११ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट