काठमाण्डौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको र सहमति कार्यान्वयनमा आउने उनले बताए । उनले भने, “ देशभरिका सहकारीपीडितको समस्या समाधान लागि हामी लागि परेका छौं। सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने छौं
गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए । सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।
अर्थ चाैतारी ।