logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • कुलेश्वरकाे गौतमश्री सहकारीलाई सरकारले गर्यो समस्याग्रस्त घोषणा

    कुलेश्वरकाे गौतमश्री सहकारीलाई सरकारले गर्यो समस्याग्रस्त घोषणा

    741
    SHARES
    कुलेश्वरकाे गौतमश्री सहकारीलाई सरकारले गर्यो समस्याग्रस्त घोषणा

    काठमाण्डौ । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई पनि सरकारले समस्याग्रस्त घोषणा गरेको छ । उक्त सहकारीले नियम विपरित कार्य गरि बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै समस्याग्रस्त घोषणा गरेको हो ।



    सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई आज (मंगलबार) समस्याग्रस्त घोषणा गरेको छ । गौतमश्री सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत फिर्ता नगरेको पाईएपछि सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

    ‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव गणेशप्रसाद भट्टले जानकारी गराए ।

    उनका अनुसार संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १४ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट