logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैनः गृहमन्त्री लामिछाने

    सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैनः गृहमन्त्री लामिछाने

    819
    SHARES
    सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैनः गृहमन्त्री लामिछाने

    काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणको आफू दोषी नरहेको बताएका छन् । उनले सहकारी प्रकरणमा आफ्नो नामबाहेक अरु केही नरहेको बताए । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अदालतमा दर्ता भएको मुद्दामा आफू प्रतिवादी नरहेको बताए ।



     

    सहकारी प्रकरणमा मेरो नाम छ भनिएको छ । त्यहाँ मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । जाहेरी सूचनाको रूपमा प्रहरीमा दर्ता रहेको छ । यो कांग्रेस सरकारमा रहँदा भएको कुरा हो ।

     

    उनले आफूले अनुसन्धानलाई कुनै किसिमले प्रभावित नपार्ने बताए । मन्त्रीले अनुसन्धान प्रभावित पार्ने होइन । निर्देशन दिने पनि होइन । संयन्त्र छ जो हामीले बनाएका हौँ । भोट हालेको मान्छेले ठग्यो भन्लान् जहाँ प्रश्न उठ्छ त्यहाँ जवाफ दिनुपर्छ ।


    अर्थ चाैतारी
  • बुधबार, १४ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट