logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कोरियाली पर्यटकले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने, फोनपे र जिएलएन इन्टरनेशनलबिच सम्झौता

    कोरियाली पर्यटकले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने, फोनपे र जिएलएन इन्टरनेशनलबिच सम्झौता

    1.4K
    SHARES
    कोरियाली पर्यटकले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने, फोनपे र जिएलएन इन्टरनेशनलबिच सम्झौता

    काठमाण्डौ । कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक कम्पनी फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान कम्पनी जिएलएन इन्टरनेशनलबिच क्रस–बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो ।



     

    सम्झौता अनुसार कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने छन् । जसमा कोरियाबाट नेपाल आउने जिएलएन प्रयोगकर्ताहरूले ‘हाना क्यू ’, ‘केबी वालेट’, ‘आईएम बैंक’, ‘टस’, ‘हान मनी’ र ‘जिएलएन’ एप जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा ‘रियलटाइम पेमेन्ट क्यूआर’ भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

    नेपाल र कोरिया बीच क्रस९बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

    फोनपेका सीईओ दिवास कुमारले भने, ‘हामी जिएलएनसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरूमा विस्तार गर्न उत्साहित छौँ । र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौ । यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ, वित्तीय समावेशिता बढाउन तथा नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्‍याउनेछ।’


    अर्थ चाैतारी
  • बुधबार, १४ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट