logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • श्री लालीगुराँस बहुउद्देशीय सहकारीका बचकर्तालाई मागदाबी पेश गर्न सूचना

    श्री लालीगुराँस बहुउद्देशीय सहकारीका बचकर्तालाई मागदाबी पेश गर्न सूचना

    1.8K
    SHARES
    श्री लालीगुराँस बहुउद्देशीय सहकारीका बचकर्तालाई मागदाबी पेश गर्न सूचना

    काठमाण्डौ । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देशीय सहकारी संस्थाका बचकर्तालाई अनलाइन मागदाबी पेस गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आहवान गरेको छ ।



    सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा लालिगुराँस बहुउद्देशीय सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति र दायित्व फर्छ्योट गर्न समितिमा पठाएको थियो ।

    समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र मागदाबी पेस गर्न बचकर्तालाई आह्वान गरेको हो ।

    ‘श्री लालीगुराँस बहुउद्देशीय सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समिति समक्ष लेखी आएको थियो,’ सूचनामा भनिएको छ, ‘सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनु पर्ने रकमको यस समितिको वेबसाइटमा गई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाईन मागदावी आवेदन मार्फत स–प्रमाण दाबी पेस गर्नु आह्वान गरिएको छ ।’


    अर्थ चाैतारी
  • शुक्रबार, १६ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट