logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति बनाउन सरकार प्रतिबद्ध

    सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति बनाउन सरकार प्रतिबद्ध

    845
    SHARES
    सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति बनाउन सरकार प्रतिबद्ध

    काठमाण्डौ । कानुन न्याय तथा ‌संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति र कानुन बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।



    ६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा झापामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले सहकारी आन्दोलन नेपालमा भुँइ मान्छेहरूले चलाएको आन्दोलन भएकाले कसैले हमला गर्दैमा नसिद्धिने बताए । केही सहकारीले गरेका गल्तीलाई देखाएर समग्र सहकारी अभियान कमजोर बनाउने गरी हमला भइरहेपनि प्रयास सफल नहुने उनले बताए ।

    ‘ यो कुनै शासनले ल्याएको अभियान होइन । गरिब जनताले, सीमान्तकृत जनताले एक ठाउँमा बसेर आफ्नै उन्नतिका निम्ति, देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य बोकेर सुरु भएको हो । बेला- बेलामा सहकारी आन्दोलनमाथि विभिन्न हमला हुन्छ । तर डराउनुपर्दैन । यो क्षेत्रलाई कुनै कमी-कमजोरी छन् भने सच्याउनुपर्छ,’ उनले भने ।

    सुशासन कायम गर्न सहकारीका प्रत्येक सदस्य प्रतिबद्ध हुनुपर्ने उनले बताए । केही सञ्चालकहरूले प्लटिङ, हाउजिङ, ठुला कारोबारलगायत नियम र मर्म विपरीतका काम गरेर सहकारी डुबाइरहेका भन्दै उनले यस्तालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । केही समूहहरू जनता भड्काएर अराजकता फैलाउन उद्धत रहेकाले उनीहरूबाट पनि सतर्क रहनुपर्ने मन्त्री गिरीले बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, २० चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट