logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • गृह मन्त्रालयद्वारा ९ जना उपसचिवहरूको सरुवा

    गृह मन्त्रालयद्वारा ९ जना उपसचिवहरूको सरुवा

    1.6K
    SHARES
    गृह मन्त्रालयद्वारा ९ जना उपसचिवहरूको सरुवा

    काठमाण्डौ । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयद्वारा जारी सूचना अनुसार बुधबारको निर्णयअनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको हो ।



    निर्णयअनुसार गृह मन्त्रालयमा कार्यरत उपसचिव विजया कुमारी प्रसाईंलाई ईलाका प्रशासन कार्यालय साँखुमा सरुवा गरिएको छ । त्यस्तै, मन्त्रालयमा रहेका अर्का उपसचिव शिवराज सेढाईलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको निर्देशकका रूपमा सरुवा तथा पदस्थापन गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय भोजपुरमा रही हाल गृह मन्त्रालयमा काजमा रहेकी मनिता श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ । ईलाका प्रशासन कार्यालय साँखुमा कार्यरत उपसचिव सीता परियारलाई पनि अध्यागमन कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ ।

    Transfer_List_2080_12_21


    अर्थ चाैतारी
  • बुधबार, २१ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट