logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख फेरिए

    तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख फेरिए

    845
    SHARES
    तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख फेरिए

    काठमाण्डौ । तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख फेरिएका छन्। बुधबार प्राधिकरणले कर्मचारीको सरूवा गर्ने निर्यण गरेको हो।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धकमा जगनाथ निरौलाले जिम्मेवारी पाएका छन्। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा त्रिभुवनका प्रतापबाबु तिवारीलाई जिम्मेवारी दिएको छ। भैरहवाका विमानस्थल प्रमुख हंसराज पाण्डे प्रधिकरणको मुख्य कार्यलयमा कर्पोरेट डाइरेक्टर भएका छन्।

    एक हप्ताअघि नै पोखरा विमानस्थल प्रमुख देव चन्द्रलाल कर्ण मुख्य कार्यलयमा सरूवा भई नविना कर्मचार्यलाई पोखराको महाप्रबन्धक बनाइएको छ। हाल प्राधिकरणका प्रवक्ता समेत रहेका निरौलाले बिहिबारबाट महाप्रबन्धकको जिम्मेवारी सम्हाल्ने जानकारी दिए। अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखहरू १२ अ तहका कर्मचारी हुन्।


    अर्थ चाैतारी
  • विहिबार, २२ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट