काठमाण्डौ । भारतको रक्षा उपकरण निर्यातले नयाँ कीर्तिमानी कायम गरेको छ । आर्थिक वर्ष २०२३–०२४ मा भारतको रक्षा निर्यात साढे ३२ प्रतिशतले बढेर २ सय १० अर्ब भारूमाथि उक्लिएको छ ।
आर्थिक वर्ष २०१३/२०१४ को तुलनामा गएको १० वर्षमा रक्षा निर्यात ३१ गुणा बढेको रक्षामन्त्री राजनाथ सिंहले एक्समा एउटा पोष्टमा लेखेका छन् । मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा भारतले २ खर्ब १० अर्ब ८३ करोड भारु बराबरको रक्षा उपकरण निर्यात गरेको छ ।
निर्यातको यो आकार अघिल्लो आर्थिक वर्षमा १ सय ५९ अर्ब २० करोड भारु थियो । एकै वर्षमा यो अहिलेसम्मकै सबैभन्दा धेरै वृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
निर्यातको यो आकार अघिल्लो आवमा १५९ अर्ब २० करोड भारु थियो । एकै वर्षमा यो अहिलेसम्मकै सबैभन्दा धेरै वृद्धि भएको बताइएको छ ।
कूल निर्यातमा ६० प्रतिशत निजी क्षेत्र र ४० प्रतिशत सार्वजनिक क्षेत्रबाट भएको छ । गत आवमा भारतका करिब ५० कम्पनीहरुले ८४ देशलाई आफ्नो रक्षा उत्पादन बेचेका थिए । एजेन्सी
अर्थ चाैतारी ।