काठमाण्डौ । माई सेकेन्ड टिचरले राष्ट्रिय परीक्षा बोर्डका लागि डिजिटल अध्ययन सामग्रीहरू उपलब्ध गराउन सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) सँग साझेदारी गरेको छ । अनलाइन शिक्षा प्रदायक माई सेकेन्ड टिचरले राष्ट्रिय परीक्षा बोर्डका लागि डिजिटल अध्ययन सामग्रीहरू उपलब्ध गराउन सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) सँग साझेदारी गरेको घोषणा गरेको हो।
२१ चैतमा, एसपीए कलेजलाई नेपालको पहिलो सुदूरपश्चिम माई सेकेन्ड टिचर नेपाल स्मार्ट स्कूलको रूपमा तोक्दै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
विद्यार्थीहरूले माई सेकेन्ड टिचरको अन्तरक्रियात्मक भिडियोहरू, निदान रिपोर्टहरू, परीक्षण पत्रहरू, र अन्य उपकरणहरूको मद्दतले आफ्नो प्रगति र अध्ययनलाई सफलतापूर्वक मापन गर्न सक्छन्। प्रविधि र अध्यापन साझेदारको रूपमा विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको प्रविधिमा अत्याधुनिक शैक्षिक प्रगतिहरू कार्यान्वयन गर्नका लागि माई सेकेन्ड टिचर र एसपीएको साझेदारी घोषणा गर्न पाउँदा हामी हर्सित भएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एसपीए कलेजका प्रधानाध्यापक सुवास शाहीले भने, “हामी हाम्रा विद्यार्थीहरुका लागि सिकाई अनुभव बढाउन माई सेकेन्ड टिचरसँग साझेदारी गर्न पाउँदा उत्साहित छौँ । राष्ट्रिय परीक्षा बोर्ड पाठ्यक्रमसँग पङ्क्तिबद्ध शैक्षिक सामग्रीहरूको बृहत् संग्रहले हाम्रा विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता हाँसिल गर्न निःसन्देह फाइदा पु¥याउँछ ।’
‘हामी विद्यार्थीहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न र शैक्षिक रूपमा फस्टाउन आवश्यक शैक्षिक समग्री र उपकरणहरू प्रदान गर्ने आशा गर्दछौ,’ आइएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले बताए ।
माई सेकेन्ड टिचर एक अग्रणी ग्लोबल एडटेक प्लेटफर्म हो भने जसको उपस्थिति ५० देशहरूमा छ । जसमा क्याम्ब्रिज विद्यालय सहित ९००० भन्दा बढी विद्यालयहरूमा विश्वव्यापी रूपमा उपयोग भैरहेको छ ।
माई सेकेन्ड टिचरले नेपाल पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमहरू ३५०० भन्दा बढी भिडियोहरूमा पङ्क्तिबद्ध गरेको छ । जसको प्रयोगबाट विद्यार्थीहरूले उनीहरूको अध्ययन तथा परीक्षामा राम्रो गर्न मद्दत गर्दछ ।
अर्थ चाैतारी ।