images

कन्सल्टेन्सीले विद्यार्थी बन्दक जस्तो बनाएको भन्दै अवस्यक कदमचाल्न नेविसंघ केन्द्रीय सदस्य जैसीको माग

काठमाण्डौ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ललित जैसीले  क्याम्पसहरूका शैक्षिक गतिविधि, विभिन्न मागहरू राख्दै आन्दोलनरत विद्यार्थी र महाधिवेशनको कार्यतालिका सम्बन्धमा बैठकमा आफ्नो धारणा राखेका छन् ।

 

images

उनले नेपाल विद्यार्थी संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै  गुट उपगुट र भागबन्डाको नामले थिलथिलो पारीएको यस संगठनलाई नया आयाम दिन र हाल विद्यार्थी राजनिति माथी  उठिरहेका थुप्रै अनावश्यक प्रश्नहरूको गतिलो जवाफ दिने बाघ डोर समाल्ने समेत  बताए । सुदुर पश्चिम को सबैभन्दा ठुलो क्याम्पस कैलाली बहुमुखी क्याम्पस धनगढी, जानकी मेडिकल कलेज जनकपुर, रन्दैया लगायत विभिन्न क्याम्पसमा विभिन्न मागहरू राख्दै आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व लिने र विद्यार्थी आन्दोलन को उपलब्धि विद्यार्थी परिचय पत्रले यातायातमा पाउने सुविधा काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै लागु हुनेहो कि अन्य जिल्लामा पनि कार्यान्वयन गर्ने सम्बन्धमा सजग र क्रियाशिल हुनपर्ने बताएका थिए ।

हाल विभिन्न कन्सलटेन्सीहरूले विदेश पढ्न जाने विद्यार्थीहरूहरूलाई आइल्स र पिटिई गराउने नाममा विद्यार्थीका सक्कल दस्ताबेज बन्दक गराउने र मोटो रकम असुल गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाउन् नेपाल विद्यार्थी संघले दबाब दिनसक्ने बताए ।

नेपाल विद्यार्थी संघका  केन्द्रीय सदस्य जैसीले  माध्यमिक तहको शैक्षिक अवस्था सुधारका लागी ७५३ वटा स्थानिय तह र विशेष गरी नेपाली काँग्रेसका तर्फबाट विजयी जनप्रतिनीधीहरू पुर्ण नि:शुल्क सहित उच्च शिक्षा, प्राविधिक शिक्षामा छात्रवृतीको व्यवस्था गर्ने सम्बन्धमा सचेतना, बैठक र कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

बैठकमा ४ मिनेटमा आफ्नो धारण राखेका उनले १२औँ महाधिवेशनको कार्यतालिका असार महिना खेतीपाती गर्ने महिनामा अधिवेशन गर्न उपयुक्त नहुने भन्दै कार्यतालिका संशोधन गर्न समेत माग गरेका छन् ।                          

images