logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सर्लाहीको मनकामना सहकारी संस्थामा आगो लाग्यो, निभाउने प्रयास हुँदै

    सर्लाहीको मनकामना सहकारी संस्थामा आगो लाग्यो, निभाउने प्रयास हुँदै

    663
    SHARES
    सर्लाहीको मनकामना सहकारी संस्थामा आगो लाग्यो, निभाउने प्रयास हुँदै

    सर्लाही । सर्लाहीको हरिवनमा रहेको मनकामना सहकारी संस्थामा आगलागी भएको छ। हरिवन नगरपालिका ११ हरिवन बजारमा रहेको मनाकामना सहकारी संस्थामा आइतबार बिहान आगलागी भएको हो।



    अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ। हरिवन नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। संस्थाको कार्यालय भित्रबाट धुँवाको मुस्लो देखेपछि स्थानीयले प्रहरीललाई खबर गरेका हुन्। अहिले ठूलो संख्यामा स्थानीय र प्रहरी आगो निभाउन घटनास्थलमा खटिएका स्थानीय युवा हरि निरौलाले जानकारी दिए।

    ‘भित्रबाट धुँवा आइरहेको छ। प्रहरी र स्थानीय मिलेर गेटको ताला फुटाउने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘दमकल आएर बाहिर बसेको छ। ताला फुटाउन नसक्दा आगो निभाउन सकिएको छैन।’


    अर्थ चाैतारी
  • आइतबार, २५ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट