logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्छौँः श्रममन्त्री डीपी अर्याल

    एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्छौँः श्रममन्त्री डीपी अर्याल

    1.3K
    SHARES
    एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्छौँः श्रममन्त्री डीपी अर्याल

    काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । श्रममन्त्री अर्यालले आइतबार पत्रकार सम्मेलन गर्दै कार्यालयको समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गरिने बताएका हुन् ।



     

    वैदेशिक रोजगार कार्यालय ताहाचलले अनलाइनमार्फत दिइँदै आएको श्रम स्वीकृतिको सेवालाई छिटोछरितो बनाउँदै एक घण्टाभित्र उपलब्ध गराउन सम्भव भएको उनको भनाइ छ ।

     

    श्रम स्वीकृति लिने काममा अहिले धेरै लामो समय लाग्ने अवस्था नभएको भन्दै मन्त्री अर्यालले कागजात नपुगेको अवस्थामा, दोहोरोपना वा कर्मचारीलाई शङ्कास्पद लागेको अवस्थामाबाहेक काम सहज रुपमा नै भइरहेको जानकारी दिए ।

     

    मन्त्री अर्यालले कम्प्युटरको ‘सफ्टवयर’ मा सुधार गर्दै सहज र प्रभावकारी व्यवस्थापनको काम गरिएको बताए । उनले कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म रहेको भन्दै सो अवधीमा श्रम स्वीकृति लिन सकिने जानकारी दिए ।

     

    उनले पहिलो पटक यो प्रयास सुरूवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । ‘वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्था थियो,’ उनले भने, ‘आजदेखि यो कुराको अन्त्य भएको छ ।’

     

    आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने अर्यालले दाबीसमेत गरे ।


    अर्थ चाैतारी
  • आइतबार, २५ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट