logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता

    प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता

    1.5K
    SHARES
    प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता

    काठमाण्डौ । प्रभु बैंक लि. र नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल) का बिच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्ताझौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।



    सम्झौता बमोजिम अन्तर्देशीय कारोबारक्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आप्mनो खातामा सिधै रकम पठाउन सक्नेसुविधा उपलब्ध हुनेछ । नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा रु १५ हजार भारतीय रुपैयाँ र मासिक रु १ लाख सम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।

     

    यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई ईनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाईएको छ ।

     

    हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरुले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुईलाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोवार ५० हजार सम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ । यो अन्तर्देशीय विद्यूतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरुले नेपाल तथा भारतीय नियामक निकायद्धारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम् लाभ उठाउनु हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २८ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट