काठमाण्डाै । हिमालय एअरलाइन्स्को संस्थागत सामाजिक उत्तरदायित्वको मुख्य उद्देश्यलाई पालना गर्दै हिमालय एअरलाइन्स्ले स्टेप टुर्वाडस् एजुकेशन “Step Towards Education” अभियान अन्तर्गत प्रयास नेपाललाई आफ्नो वार्षिक योगदानलाई जारी राखेको छ । सन् २०१७ देखिको यो पहल कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व प्रयासहरूको मुख्य कोसेढुङ्गा रहेको छ जसको उद्देश्य विपन्न तथा अनाथ बालबालिकाहरूलाई शिक्षाको माध्यमबाट सशक्तीकरण गर्ने हो ।
यस वर्ष शैक्षिक सत्रको प्रारम्भमै अप्रिल १०, २०२४ मा एअरलाइन्स्ले आफ्नो वार्षिक गतिविधि सञ्चालन गरिएको थियो । उक्त अवसरमा ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकाहरूलाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोटबुक, स्कुल झोला र स्कुल जुत्ता लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेकी थिइन् ।
वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन हिमालय एअरलाइन्स्ले काठमाण्डौको सिनामंगलस्थित उड्डयन संग्रहालयको स्थलगत भ्रमणको आयोजना गरेको थियो । विपन्न तथा अनाथ बालबालिकाहरूलाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गरेर हिमालयले उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने र परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर तिनीहरूको क्षितिज फराकिलो बनाउने लक्ष्य राखेको छ । हिमालयको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिको परोपकारी उद्देश्यलाई कदर गर्दै उड्डयन संग्रहालयले पनि बालबालिकाहरूका लागि निःशुल्क प्रवेशसँगै भ्रमणका दौरान उत्कृष्ट मार्गदर्शनको व्यवस्थासहित सहयोग गरिएको छ ।

सो अवसरमा ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले यस पहलको लागि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “हिमालय एअरलाइन्स्मा हामी भविष्यका नेतृत्वकर्ताहरू निर्माण गर्न तथा बालबालिकाहरूको सिक्ने जोशलाई बढावा दिन, प्रयोगात्मक शिक्षाको परिवर्तनकारी शक्तिमा विश्वास गर्छौँ । हामी विपन्न बालबालिकाका लागि अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौँ र हाम्रो “Step Towards Education” अभियानको उद्देश्य आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउनु मात्र होइन, ज्ञान आदानप्रदानका विशिष्ट अनुभवहरू मार्फत बालबालिकाहरूलाई प्रेरित र सशक्तीकरण गर्ने पनि हो।“
उक्त अवसरमा प्रयास नेपालका अध्यक्ष सुश्री मणि जोशीले प्रशंसाका शब्द राख्दै टिप्पणी गर्नुभयो, “हाम्रो उद्देश्यमा निरन्तर सहयोगको लागि हामी हिमालय एअरलाइन्स् प्रति हार्दिक आभारी छौँ, उड्डयन संग्रहालयको भ्रमणले, निःसन्देह उनीहरूको मस्तिष्कमा दिगो छाप छोडेको छ । यस किसिमका पहलहरूले उनीहरूको शैक्षिक वृद्धिमा योगदान मात्र नगरी नयाँ नयाँ सम्भावनाहरूको ढोका समेत खोेलेको छ । ”
हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा
हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स््का मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एअरलाइन्स््, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड (TCADIC) र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हाे ।
हिमालय एअरलाइन्स् संग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स् ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । हाल हिमालयले चीनका पाँच शहरहरूमा उडान गर्दैछ स बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासा।
एअरलाइन्स् ले साउथ एशियन ट्राभल अवार्डस् (SATA) २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स् का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्स् काे गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ । डिसेम्बर २८, २०२३मा, IOSA अपरेटरको रूपमा प्रमाणित र IATA सदस्य एअरलाइन्स् काे रूपमा दर्ता भएको हिमालय एअरलाइन्स् नेपालको पहिलो र एकमात्र एअरलाइन्स् हो ।
सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स् ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (AEDs) जडान गरेको थियो । योसँगै एअरलाइन्स् (AEDs) जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स (OTP) र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स् ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स् काे रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स् का रूपमा प्रतिस्थापित हुन चाहेको छ ।