logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • राष्ट्रिय सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक, ऋण लगानी पौने २९ अर्ब, तरलता साढे २५ अर्ब

    राष्ट्रिय सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक, ऋण लगानी पौने २९ अर्ब, तरलता साढे २५ अर्ब

    1.2K
    SHARES
    राष्ट्रिय सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक, ऋण लगानी पौने २९ अर्ब, तरलता साढे २५ अर्ब

    काठमाण्डौ । राष्ट्रिय सहकारी बैंकको अधिकांश वित्तीय सूचक सन्तोषजनक देखिएको छ। मुलुकको समग्र अर्थतन्त्रको शिथिलताको असर सहकारी क्षेत्रमा समेत परेको अवस्थामा पनि २०८० सालमा सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक देखिएको हो। बैंकको पछिल्लो वित्तीय अवस्था हेर्दा ऋण लगानी २८ अर्ब ७६ करोड २१ लाख रुपैयाँ माथि रहेको छ। बैंकको तरलता रकम २५ अर्ब ५८ करोड २१ लाख रुपैयाँ रुपैयाँ रहेको छ।



    कुल सम्पत्ति ६७ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ रहेको बैंकको विभिन्न कोषमा १७ करोड ९६ लाख रुपैयाँ र कुल संस्थागत पुँजी १ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ रहेको छ। शेयर पुँजी २ अर्ब ८० करोड ५ लाख रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा १ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ रहेको छ। बैंकको कुल बचत रकम ५९ अर्ब १३ करोड ५३ लाख रुपैयाँ रहेको छ।

    नेपाल राष्ट्र बैंकको निर्देशनमा उल्लेखित तरलता गणना विधिअनुसार यो बैंकको तरलता ४३.२६ प्रतिशत रहेको छ। बैंकमा कुल शेयर सदस्य १६ हजार २९३ र कुल ऋणी सहकारी सदस्य २ हजार २८२ रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट