logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सुप्रिम सहकारीः जीबी राईसहित २८ जना प्रतिवादीबाट १ अर्ब २ करोड बिगो मागदाबी

    सुप्रिम सहकारीः जीबी राईसहित २८ जना प्रतिवादीबाट १ अर्ब २ करोड बिगो मागदाबी

    793
    SHARES
    सुप्रिम सहकारीः जीबी राईसहित २८ जना प्रतिवादीबाट १ अर्ब २ करोड बिगो मागदाबी

    काठमाण्डौ । प्रहरीले, बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको हिनामिनाबारे अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाइएको अनुसन्धान प्रतिवेदनमा ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको छ ।



    उनीहरुलाई १ अर्ब २ करोड मागदाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएका रुपन्देहीका एसपी रन्जित सिंह राठौरले जानकारी दिए ।

     

    सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनका साथै दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् ।

    उनीहरु बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, २ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट