logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • काठमाण्डौ पिङ्क केयरएथन सम्पन्न

    काठमाण्डौ पिङ्क केयरएथन सम्पन्न

    832
    SHARES
    काठमाण्डौ पिङ्क केयरएथन सम्पन्न

    काठमाण्डौ । लिजर पोर्ट नेपालले नेपाल प्रहरी पत्नी संघसँगको सहकार्यमा प्रहरी प्रधान कार्यालयमा काठमाण्डौ पिङ्क केयरएथन सफलतापूर्वक सम्पन्न गरेको छ ।



    यस कार्यक्रमले सबै उमेर समूहका सहभागीहरूबीच स्फूर्तिदायी गतिविधिहरू मार्फत महिला स्वास्थ्य र सशक्तिकरणको लागि आफ्नो आवाज उठाएको थियो। कार्यक्रम जुम्बा सत्रसंग सुरु भइ, वाक र रनमा अघि बढेको थियो । ३ किमी, ५ किमी, र १० किमीको दूरीमा राखिएको यात्राले विभिन्न फिटनेस स्तरका सहभागीहरूलाई समावेश गर्दै र उत्साह सुनिश्चित गरेको थियो।

    प्रसिद्ध भारतीय अभिनेता र मोडल जय भानुशालीले काठमाण्डौ पिंक केयर एथनको २०२४ संस्करणको सञ्चालन गरेका थिए, जसले कार्यक्रममा थप उत्साह र रोमाञ्चकता थपेको थियो।

    प्रत्येक सहभागीले टीसर्ट र फिनिशर पदक प्राप्त गरेका थिए भने प्रत्येक विधामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई उचित पुरस्कार पनि दिइएको थियो । दौड समापन गर्ने पहिलो पाँच सहभागीहरुले पुरस्कार प्राप्त गरे । त्यस्तै भाग्यशाली सहभागीहरूले प्रशंसाको रूपमा उपहारहरू प्राप्त गरे।

    काठमाण्डौ पिङ्क केयरएथनले स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा र समग्र जीवनशैलीका लागि काम गर्दै आएको छ । काठमाण्डौ पिंक केयरएथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौद्धिक, तथा आध्यात्मिक विकास र सशक्तिकरणको लागि आत्महेरचाह प्रवर्द्धन गर्ने कार्यक्रमहरूको श्रृंखला हो।


    अर्थ चाैतारी
  • मंगलबार, ११ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट