images

जापानमा सातमध्ये एक घर रिक्त

काठमाण्डौ । जापानमा अघिल्लो बर्षसम्म ९० लाख घर खाली भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो सङ्ख्या सन् २०१८ भन्दा पाँच लाख १० हजारले बढी रहेको सरकारी तथ्याङ्कले देखाएको हो ।

उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३ दशमलब ८ प्रतिशत हो ।

images

विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका प्रतिवेदनमा उल्लेख छ । खाली घरमध्ये, ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि राखिएको छ ।

 

खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा छन् ।

images