logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामा पठाउन आदेश

    सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामा पठाउन आदेश

    676
    SHARES
    सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामा पठाउन आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा आरोपी २ जनालाई उच्च अदालत पोखराले पनि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतले यसअघि नै थुनामा पठाएका प्रमोद भट्टराई र भवेश्वर अर्याललाई उच्चले सदर गरिदिएको हो ।



    उनीहरुले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग सहित उच्चमा पुनरावेदन गरेका थिए । भवेश्वर सहकारीको पूर्व सञ्चालक समिति तथा सफ्ट्वेयर डेभलपर हुन् । प्रमोद पनि सफ्ट्वेयरमै काम गर्छन् । उनी २०८० सम्म सञ्चालक समितिमा थिए ।

    सहकारीका ५ जना हालसम्म पुर्पक्षका लागि थुनामा गैसकेका छन् । सबैले जिल्ला अदालतको आदेश विरुद्ध उच्चमा पुनरावेदन गरेकोमा सबैजनाको मुद्दामा जिल्लाले गरेकै फैसलालाई उच्चले सदर गरिदिएको छ ।

    यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सञ्चालक समितिका कोषाध्यक्ष कुमार रम्तेल र शिवबहादुर गुरुङ (महेन्द्र भोटे) कारागार चलान भएका हुन् । पीडितहरूले निरन्तर रूपमा रकम उठाइदिन सरोकारवालासँग आग्रह गरे पनि समस्या समाधान भएको छैन ।

    सहकारीका अध्यक्ष गीतेन्द्रबाबु राई (जीवी) सहित १४ जना फरार छन् । सहकारीको रकम घोटालामा गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् । यद्यपी उनले सहकारीको कुनैपनि कारोबारमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिँदै आएका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २१ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट