logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा गौतम

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा गौतम

    858
    SHARES
    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा गौतम

    काठमाण्डाै। सरकारले समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश गौतमलाई समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।



    समितिले समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गराउन सहजीकरण गर्दै आएको छ। सरकारले अहिलेसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। ती सहकारीले बचतकर्ताको २० अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ। तर समितिले आवश्यक जनशक्ति नहुँदा खासै काम गर्न सकेको छैन।

    मन्त्रिपरिषद्‌ले जापानी परराष्ट्रमन्त्री कामिकावा योकोको आइतबार गर्ने नेपाल भ्रमणका अवसरमा द्विपक्षीय वार्ताका लागि प्रतिनिधिमण्डल गठन गरी अख्तियारी दिने निर्णय गरेको छ। बैठकले उक्त द्विपक्षीय वार्ताका लागि कार्यसूचीसमेत स्वीकृत गरेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २१ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट