logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न सिफारिस

    परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न सिफारिस

    1.4K
    SHARES
    परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न सिफारिस

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय समितिले परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित जिम्मेवार पदाधिकारीलाई आवश्यक कारबाही गर्न सिफारिस गरेको छ । त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयले गठन गरेको उच्चस्तरीय समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित जिम्मेवार पदाधिकारीलाई आवश्यक कारबाही गर्न सिफारिस गरेको हो ।



    उपकुलपति कार्यालयले राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय थियो । समितिले आफ्नो प्रतिवेदन उपकुलपति प्राडा केशरजंग बराललाई बुझाएको छ । प्रतिवेदनमा परीक्षा नियन्त्रण कार्यालयमा चरम लापरबाही देखिएको भन्दै जिम्मेवार अधिकारीहरूलाई आवश्यक कारबाही गर्न सिफारिस गरेको हो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २०८० चैत १५ गते बसेको बैठकले उक्त प्रकरणमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रारसमेत रहेका पौडेलको संयोकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषयका उत्तर पुस्तिकाहरू हराएको थियो । ती विषयको २०८० चैत २१ गते पुनः परीक्षा भएको थियो । उत्तरपुस्तिका हराएको विषयमा चौतर्फी चासो व्यक्त भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई छानबिन गर्न निर्देशन दिए ।


    अर्थ चाैतारी
  • आइतबार, २३ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट