logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारीको छवि जोगाउन लेखा समितिको भूमिका महत्वपूर्ण : सीईओ सापकोटा

    सहकारीको छवि जोगाउन लेखा समितिको भूमिका महत्वपूर्ण : सीईओ सापकोटा

    780
    SHARES
    सहकारीको छवि जोगाउन लेखा समितिको भूमिका महत्वपूर्ण : सीईओ सापकोटा

    काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहेको बताएका छन् ।



     

    मंगलबारदेखि काठमाण्डौमा सुरु लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सापकोटाले सहकारी संस्थाको दिगो विकासमा लेखा सुपरिवेक्षण समिति केन्द्रीकृत हुन जरुरी रहेको बताए ।

     

    लेखा सुपरिवेक्षण समितिले सदस्यमा आधारित छ की छैन ? सदस्य संस्थाको स्रोत र जग हो भन्ने बुझाइ सञ्चालकहरुमा रहे नरहेको भन्ने बिषयमा ख्याल गर्नु पर्ने बताए । सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी नभएको उल्लेख गर्दै सापकोटाले संस्थाको सुशासन र व्यवस्थापनमा खबरदारी गर्न आवश्यक रहेको बताए ।

     

    संस्थामा रोजागारी सिर्जना उद्यमशिलताको विकास र व्यावसायिक प्रवद्र्धनतर्फ सञ्चालक समिति उन्मुख छ की छैन भन्ने बिषयलाई सुक्ष्म तरिकाले निगरानी राख्नुपर्ने लेखा समितिको मुल जिम्मेवारी रहेको बताए ।

     

    कर्मचारी भर्ती, अनावश्यक भ्रमण, ऋण लगानी लगायतका कुरामा निगरानी राखेर काम गर्न आवश्यक रहेको उल्लेख गरे । समुदाय केन्द्रीत कारोबार, दैनिक र नियमित भन्दा आवधिक बचतमा जोड र एकीकरणमा प्रथमिकता दिइनु पर्ने उनको भनाई थियो ।

     

    ऐन कानून निमार्णमा सहजकर्ताको भूमिका, संस्थाको सम्पूर्ण खर्चको विवरण र बचत ऋणको अनुपात मिले÷नमिलेको पनि हेर्ने आवश्यक रहेको सापकोटाले बताए । लेखा समितिको मुख्य भूमिका भनेकै नीति विधि निर्माण र कार्यान्वयनको सहजकर्ताको भूमिकामा काम गर्ने रहेको बताउँदै सापकोटाले पटक पटक नीति बनेन भनेर मात्र टिपणी लेखेर मात्र संस्था सुधार हुन नसक्ने भएकाले हरेक काममा कार्यान्वयनमा लैजान लाग्नु पर्ने बताए ।

     

    सञ्चालक समितिको स्वेच्छाचारी नियन्त्रण जरुरी
    कार्यपत्र माथी टिपणी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखा समितिको मुल कार्य सञ्चालकहरुको स्वच्छाचारी क्रियाकलाप नियन्त्रण गर्ने रहेको बताएका छन् ।

     

    संस्थागत सुशासन, प्रर्वद्धन र सुद्धिकरण अहिलेको मुल आवश्यकता रहेको उल्लेख गर्दै बचत र शेयरको अनुपात नमिल्नु लाभांश र ब्याजको लोभमा सदस्य केन्द्रीत हुनु, संस्थाका नीति कार्यविधिहरु नहुनु, संस्थामा राजनितिकरण लगायतका गतिविधिहरुलाई नियन्त्रण गर्नु लेखा समितिको दायित्व रहेको बताए ।

     

    ऐन कानूनको पालना, सामुदाय तथा सदस्य केन्द्रीत कारोबार नहुनु र सञ्चालक समितिको एकाधिकार माथी निगरानी आवश्यक रहेको बताए ।

    ‘लेखा समितिले चनाखो भएर काम नगर्दा सञ्चालकहरुका काम कारबाहीहरु प्रभावकारी भएका छैनन्’, सचिव दवाडीले भने । घाटमा गए पनि लाभांश बाड्ने प्रवृति बढेको छ, यो गलत कार्यलाई रोक्न लेखा समिति प्रभावकारी बन्नु पर्ने आवश्यकता रहेको उनले औल्याए ।

     

    कार्यक्रममा सहभागिहरुले सहकारीको नियमन र अनुगमन स्थानिय तहमा हस्तान्तरण हुँदा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनिहरुले लेखा समितिले उठाएका कुराहरुमा सञ्चालक समिति गम्भिर नहँुदा संस्थागत सुशासनमा समस्या आएको उल्लेख गरे ।

     

    लेखा समिति संस्थाको मेरुदण्ड भए पनि यसको प्रभावकारी बनाउन बजेटको व्यवस्थापन नहुँदा पदिय दायित्व अनुसार काम हुन नसकेको बताए । सेसनको अध्यक्षता नेफ्स्कूनका पुर्व अध्यक्ष डिबी बस्नेतले गरेका थिए भने कार्यक्रमको सहजिकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश तिमल्सिनाले गरेका थिए ।


    अर्थ चाैतारी
  • मंगलबार, २५ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट