logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुट्यो

    सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुट्यो

    780
    SHARES
    सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुट्यो

    काठमाण्डौ । शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ।



    शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको हो।

     

    यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो।

     

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए। उनले समिति बनाउन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताए।

    प्रमुख सचेतक लेखकले टिओआर भने कार्यदलले आइतबार बनाउने बताइएको छ। समिति बन्ने भएसँगै आइतबारको संसद् सहज रुपमा अघि बढ्ने प्रमुख सचेतक लेखकले बताए।


    अर्थ चाैतारी
  • शनिबार, ५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट