logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • सहकारी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

    सहकारी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

    1.7K
    SHARES
    सहकारी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

    काठमाण्डौ । सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक आज बस्दैछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए।



    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ।

    कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ।

    यसअघि बसेका तीनवटा बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ—आफ्नो अडानमा रहेकाले निष्कर्षमा पुग्न सकेका थिएनन्।

    कांग्रेसको विरोधका बीच प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन्। प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएको छ। त्यसअघि सहमति खोज्न सभामुख देवराज घिमिरेले दलहरुलाई आग्रह गरेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, १० जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट