logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरका विद्यालय बन्द

    अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरका विद्यालय बन्द

    637
    SHARES
    अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरका विद्यालय बन्द

    बाँके । गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।



    उनका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ ।

    नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १४ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट