logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • कार्यसम्पादनमा सुधार ल्याउन ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने

    कार्यसम्पादनमा सुधार ल्याउन ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने

    1.4K
    SHARES
    कार्यसम्पादनमा सुधार ल्याउन ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने

    काठमाण्डौ । सरकारले ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।



     

    उनले भने, ‘सेवाग्राही र सेवाप्रदायकबीच नियमित सम्वादमार्फत सम्पादित कामको विषयमा सेवाग्राहीको पृष्ठपोषण लिन, गुनासाको तत्काल सम्बोधन गर्न र कार्यसम्पादनमा सुधार ल्याउन सेवाग्राहीसँग शुक्रबार कार्यक्रम सञ्चालन गरिनेछ ।’

    अर्थमन्त्री पुनले संघीय निजामती सेवा ऐन यसै अधिवेशनबाट पारित गरेर कार्यान्वयन गरिने पनि घोषण गरे । उनले थप्दै भने, ‘राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन, काममा उत्प्रेरणा बढाउन, सेवा सुरक्षा, संरक्षण र अनुमानयोग्य सरुवा बढुवा प्रणाली सुनिश्चित गरिनेछ । सार्वजनिक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई थप सुधार गरिनेछ । इ–गर्भनेन्सको माध्ययमबाट सार्वजनिक सेवालाई मुहाररहित र कागजरहित तथा सम्पर्करहित बनाई गुणस्तर अभिवृद्धि गरिनेछ ।’


    अर्थ चाैतारी
  • मंगलबार, १५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट