ललितपुर । ललितपुर जावलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती विद्यालयले २ दिने इन्भेष्टिचर सेरेमोनी र स्पोर्टस् डे सशस्त्र प्रहरी मुख्यालयको एपीएफ स्टेडियम हलचोकमा जेठ १९ र २० गते भव्य रूपमा गरेको छ ।
सशस्त्र प्रहरी मुख्यालय हलचोकका प्रहरी नायब महानिरीक्षक कुल बहादुर नेम्वाङको मुख्य आतित्थ्यमा सम्पन्न भएको कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश पाण्डे र राष्ट्रिय महिला फुटबल टिमकी पूर्व खेलाडी साबित्रा भण्डारी, डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया, प्राचार्य डा. भुवनेश्वरी राव विशेष अतिथिको रुपमा उपस्थित गरेका थिए ।
इन्भेस्टिचर सेरेमोनी कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०२४/२५ का निर्वाचित प्रिफेक्ट काउन्सिलका विद्यार्थीहरुलाई विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । लगत्तै प्रिफेक्ट काउन्सिलका सदस्यहरुलाई पोर्टफोलियो अनुसारका ब्याच प्रदान गरेका थिए ।
डिएभी विद्यालयले यस वर्ष आफ्नो परम्परालाई निरन्तरता दिँदै प्रहरी वरिष्ठ महानिरीक्षक कुल बहादुर नेम्वाङलाई ‘गार्ड अफ अनर’ सम्मान दिएको छ । कार्यक्रमको मुख्य आकर्षकको रूपमा हेरिएको अन्तर सदन मार्च पास प्रतिस्पर्धामा माउन्ट माछापुच्छ«े सदनले प्रथम स्थान हाँसिल गर्दै वेष्ट मार्च पास ट्रफी हात पा¥यो ।
डिएभी विद्यालयको नेतृत्व विकासका बिभिन्न कार्यक्रमहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको इन्भेस्टिचर सेरेमोनी एक प्रतिष्ठित कार्यक्रम हो । यसै अवसरमा शैक्षिक सत्र २०२३÷२४ को जुनियर स्कूलको वेष्ट हाउस ट्रफी माउन्ट लोत्से सदनले हात पा¥यो भने मिडल र सिनीयर स्कुलतर्फको वेष्ट हाउस ट्रफी दुबै माउन्ट माछापुच्छ«े सदनले जित्न सफल भयो ।
यस कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरूले सहभागीता जनाउँदै आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीहरूलाई ओर्चेस्ट्रा, टर्च ¥याली, मार्च पास, सांस्कृतिक नृत्य, एरोबिक डान्स, योगा डान्स, जुम्बा डान्स, ड्रील फर्मेसन, पिटी ड्रील लगायतका कार्यक्रमहरुमा सहभागी हुने अवसर प्रदान गरेको थियो ।
विद्यालयले यसै वर्षदेखि स्र्पार्ट्स डे लाई समेत इन्भेस्टिचर सेरेमोनीमा समायोजन गर्दै विभिन्न प्रकारका दौड प्रतियोगिताहरू समेत सञ्चालन गरेको थियो । स्पोर्टस् डे को अवसर पारी ४०० मिटर रिले रेस, पिग्गि ब्याक र त्रिपल लेग रेस मा सहभागी भएका सिनीयर र मिडल स्कूलका दुई सय विजेता विद्यार्थीहरुलाई गोल्ड, सिल्भर र ब्रोन्ज मेडल द्वारा सम्मान गरियो ।
त्यसैगरि सोहि संख्यामा विभिन्न प्रकारका दौड प्रतियोगीतामा सहभागी भएका जुनियर र किनडरगार्टेन तहका विजेता विद्यार्थीहरुलाई सम्मान गरियो । विद्यार्थीसँगै विभिन्न प्रतिस्पर्धामा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गर्ने २६ जना अभिभावकहरूलाई समेत सम्मान गरिएको थियो । विशेष अतिथि सावित्रा भण्डारीले मन्तव्य सहित सम्पूर्ण खेलाडी विद्यार्थीहरूलाई थप हौसला प्रदान गरेकी थिइन् ।
विजेता विद्यार्थीहरुलाई कार्यक्रमका विशिष्ट अतिथिहरुले मेडल सहित प्रमाणपत्रले सम्मान गरेका थिए । विद्यार्थीहरूलाई हौँसला र उत्साह प्रदान गर्न सम्पूर्ण अभिभावकहरु हलचोक रङ्गशाला पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि नेम्वाङले सम्पूर्ण विद्यार्थीहरुलाई उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।
विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले कार्यक्रमलाई भव्य एंव सभ्य रुपमा सम्पन्न गर्न आ–आफ्नो भूमिका र जिम्मेवारीमा रहेका सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई बधाई दिँदै कार्यक्रम औपचारिक रुपमा समापन गरिन् । विद्यालयले इन्भेस्टिचर सेरेमोनी र स्पोर्ट्स डे हरेक वर्ष हलचोक मैदानमा मनाउने निर्णय समेत गरेको छ ।
अर्थ चाैतारी ।