logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • खच्चड बचाउने दुईजना प्रहरीलाई सम्मानसहित पुरस्कार

    खच्चड बचाउने दुईजना प्रहरीलाई सम्मानसहित पुरस्कार

    1.6K
    SHARES
    खच्चड बचाउने दुईजना प्रहरीलाई सम्मानसहित पुरस्कार

    काठमाण्डौ । एक साताअघि कर्णाली नदीको पुलको लठ्ठा चुडिँदा फसेका खच्चडको उद्धारमा संलग्न दुईजना प्रहरी जवान पुरस्कृत भएका छन्।



    साहसिक कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामसिंह फराल र प्रहरी हवलदार गंगाराम चौधरीलाई नगदसहित सम्मान गरेको हो।

     

    उच्च अनुशासनमा रही अदम्य साहसका साथ खच्चडको उद्धार गरेकाले उनीहरुलाई नगदसहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए। सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले उनीहरुलाई प्रहरी अभिलेखमा जनिने गरेर पुरस्कृत गरेका हुन्।

    गएको आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडाबाट दैलेखको आठबीसकोट नगरपालिका–४, खिड्किज्युलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए।

    पुलमा अड्केका खच्चडलाई फराल र चौधरीसहितको प्रहरी टोलीले जोखिमपूर्ण रूपमा डोरीको सहायताले उद्धार गरेका थिए। उद्धारको क्रममा २ वटा खच्चड मरे पनि बाँकी ११ वटाको उद्धार भएको थियो।


    अर्थ चाैतारी
  • आइतबार, ३ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट