logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • पोखराको प्राइम सहकारी ठगी प्रकरणमा थप ३ जना पक्राउ

    पोखराको प्राइम सहकारी ठगी प्रकरणमा थप ३ जना पक्राउ

    1.8K
    SHARES
    पोखराको प्राइम सहकारी ठगी प्रकरणमा थप ३ जना पक्राउ

    काठमाण्डौ । पोखराको प्राइम सहकारी संस्थाको ठगी मुद्दामा फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।



    जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वत मोदी गाउँपालिका १ स्थायी घर भई हाल पोखरा महानगरपालिका १८ बस्ने ५५ वर्षकी धनकुमारी गुरुङ, पर्वत घर भई हाल पोखरा महानगरपालिका ८ बस्ने ४७ वर्षकी सीताकुमारी गुरुङ र पोखरा महानगरपालिका ३ तेर्सापट्टी बस्ने ४७ वर्षका जीवन सार्कीलाई पक्राउ गरेको हो।

     

    पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसुरमा उनीहरूको पनि संलग्नता रहेको भन्दै प्रहरीले यसअघि नै प्रतिवादी बनाएर मुद्दा बुझाइसकेको थियो।

     

    अन्य पक्राउ परेका प्रतिवादीहरूको थुनछेक आदेश भइसकेको छ। तर उनीहरू फरार रहेका कारण पुर्पक्ष हुन सकेको थिएन। उनीहरूलाई शुक्रबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त कुमार शर्माले जानकारी दिए।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट