logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • सहकारी क्षेत्रमा प्रशस्त रोजगारी सम्भावना

    सहकारी क्षेत्रमा प्रशस्त रोजगारी सम्भावना

    1.5K
    SHARES
    सहकारी क्षेत्रमा प्रशस्त रोजगारी सम्भावना

    काठमाण्डौ । सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरले सहकारी क्षेत्रमा प्रशस्त रोजगारी सम्भावना रहेको बताएका छन्।



    राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी रोजगार मेला २०८१ मा बोल्दै उनले नेपालमा रोजगारीको अवसर छैन भन्ने भाष्य चिर्न आवश्यक रहेको बताए।

    कठिन मिहिनेत गरेर लक्ष्यमा पुग्नेहरुका लागि सहकारी क्षेत्रमा सम्भावना रहेको बताउँदै उनले मुलुकमा प्रयास गर्योे भने रोजगारी र वृत्ति विकासको अवसर रहेको बताए ।

    सहकारीले उत्पादन र रोजगारी सिर्जनाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्छ, सानो पुँजीलाई परिचालन गरेर समुदायमा धेरैलाई उत्पादनमा जोड्न सक्छ र आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुर्याउँछ, यस्तो रोजगारी औपचारिक भन्दा अनौपचारिकमा बढी केन्द्रीत रहन्छ,’ उनले भने ।

     

    सोही कार्यक्रममा वक्ताको रुपमा रहेका राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले उत्पादन र रोजगारीसँग जोड्ने सहकारी पर्याप्त हुँदा हुँदै पनि सो अनुरुपको उपलब्धि हासिल हुन नसकेको बताए ।

     

    सहकारी बैंककै सन्दर्भमा दर्जन बढी उत्पादनसँग सम्बन्धित कर्जा शीर्षक रहे पनि सो शीर्षकमा कर्जाको माग नै नभएको उनले बताए। ५ खर्ब बराबरकाृ ऋण परिचालनमा रोजगारीको क्षेत्रमा ५ अर्ब रुपैयाँ पनि ऋण परिचालन हुन नसकेको उनले बताए ।

     

    साथै रोजगारीको क्षेत्रमा सहकारीहरुले फन्ड नै छुट्याएर ५ देखि ७ लाख रुपैयाँका दरले दिन सक्छन्, यसले गर्दा रोजगारीसँगै उत्पादनमा सहकारी जोडिनमा थप बल पुग्ने उनले धारणा राखे ।

     

    हाल सहकारी क्षेत्रमा प्रत्यक्ष रुपमा डेढ लाख बढीले रोजगारी पाएका छन् भने उत्पादनसँग जोडिएका सहकारीमा कुल ग्रार्हस्थ उत्पादनमा (जीडीपी) मा ४ देखि ५ प्रतिशत योगदान रहेको उनको दाबी छ ।


    अर्थ चाैतारी
  • शनिबार, ९ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट