logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ७७.४ प्रतिशत पुग्यो नेपालको साक्षरता दर, पुरुष र महिलाको कति ?

    ७७.४ प्रतिशत पुग्यो नेपालको साक्षरता दर, पुरुष र महिलाको कति ?

    2.1K
    SHARES
    ७७.४ प्रतिशत पुग्यो नेपालको साक्षरता दर, पुरुष र महिलाको कति ?

    काठमाण्डौ । नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२।२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको हो ।



    पुरुषको साक्षरता दर ८५.८ प्रतिशत रहेको छ भने महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ । यो तथ्यांक अनुसार महिलाको तुलानामा पुरुष साक्षरता दर बढी रहेको छ ।

    १५ वर्ष र सोभन्दा माथिको साक्षरता दर भने ७२.५ प्रतिशत रहेको छ । जसमा महिलाको साक्षरता दर ६४.१ प्रतिशत र पुरुषको साक्षरता दर ८२.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

    प्रदेशगत रुपमा ५ वर्ष र सोभन्दा माथिको साक्षरता दरलाई हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा रहेको छ भने सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । गण्डकीमा ८३.४ प्रतिशत साक्षरता रहेको छ । मधेशको साक्षरता दर ६८.३ प्रतिशत रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट