logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • सहकारीका ऋणीले ५० प्रतिशत ब्याज तिरे ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    सहकारीका ऋणीले ५० प्रतिशत ब्याज तिरे ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    728
    SHARES
    सहकारीका ऋणीले ५० प्रतिशत ब्याज तिरे ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    काठमाण्डौ । सहकारी विभागले सहकारी संघसंस्थाहरूलाई असल ऋणीहरूले पाकेको ब्याजको ५० प्रतिशत रकम तिरेमा बाँकी साँवालाई ३ महिनाका लागि पुनर्तालिकीकरण गर्न निर्देशन दिएको छ।



    बुधाबर सहकारी संघसंस्थालाई निर्देशन जारी गर्दै विभागले ऋणीलाई थप सहुलियत दिन भनेको हो। विभागले परिस्थितीजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीको हकमा यो व्यवस्था लागू गर्न भनेको छ। यस्तो सुविधा खराब ऋणीको सूचिमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरूले मात्र पाउनेछन्।

    विभागले कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने स्पष्ट आधारहरू प्रत्येक कर्जा फाइलमा संलग्न गर्नुपर्ने र पुनर्तालिकीकरणपछि कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक हुने अवस्था आएमा राइट ब्याक गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखाङ्कन गर्न सहकारीलाई निर्देशन दिएको छ। सहकारीले कर्जा पुनर्तालिकीकरण गर्दा ऋणीबाट कुनै प्रकारको शुल्क वा हर्जना लिन पाउने छैनन्।


    अर्थ चाैतारी
  • बुधबार, २० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट