logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • एक भन्दा बढी सहकारीका संचालकले पद छाड्न विभागको ३० दिनकाे समय

    एक भन्दा बढी सहकारीका संचालकले पद छाड्न विभागको ३० दिनकाे समय

    806
    SHARES
    एक भन्दा बढी सहकारीका संचालकले पद छाड्न विभागको ३० दिनकाे समय

    काठमाण्डौ । अबदेखि एउटा सहकारीमा संचालक भएको व्यक्ति अर्कोमा हुन नपाउने भएका छन्। सहकारी विभागले एक व्यक्ति एक सहकारीको मात्र संचालक हुन पाउने व्यवस्था गरेको हो ।



    विभागले एक निर्देशन जारी गर्दै एक वा सो भन्दा बढी सहकारीमा संचालक भएका व्यक्तिलाई ३० दिनभित्र एक संस्थाको पद छाड्न निर्देशन समेत दिएको छ । सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । सोही अनुसार नै लागू गर्न देशभरका सहकारीलाई विभागले निर्देशन दिएको हो ।

     

    ‘कानुनी प्रावधानअनुसार कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको संचालक हन सक्नेछ भन्ने व्यवस्था छ । सो को पूर्ण परिपालना गर्नु गराउनुहुन हुन यो निर्देशन जारी गरेको छ । ३० दिन भित्र एउटा संस्थाको मात्र संचालक पद कायम राखी अन्यको हकमा त्याग गुनपर्नेछ’, विभागले जारी गरेको निर्देशनमा उल्लेख छ । सोही अनुसार कार्यान्वयन नगरेको खण्डमा भने कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट