logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारी अभियान्ता उप्रेती पक्राउ, बचत अपचलनको आरोप

    सहकारी अभियान्ता उप्रेती पक्राउ, बचत अपचलनको आरोप

    819
    SHARES
    सहकारी अभियान्ता उप्रेती पक्राउ, बचत अपचलनको आरोप

    काठमाण्डौ । सहकारी अभियन्ता केबी उप्रेती पक्राउ परेका छन् । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्षमसेत रहेका उप्रेती सहकारीको बचत हिनामिना गरेको अभियोगमा पक्राउ परेका हुन् ।



    प्रहरी वृत्त महाराजगञ्जले अध्यक्ष उप्रेतीलाई बुधबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । सहकारी संस्थाकाे बचत रकम हिनामिना गरेकाे जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उप्रेतीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।सो सहकारी संस्थाका अन्य सञ्चालक विरूद्ध पनि उजुरी परेको छ । उनीहरूका विरूद्ध पक्राउ पुर्जी जारी भएपनि खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

    केही समयअघि अध्यक्ष उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार गरेको भन्दै गुनासो गरेका थिए । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन)ले गत बैशाखमा आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र अझै पनि यही क्षेत्रमा रहेर यस क्षेत्रको विकास र विस्तारमा लागिरहने धारणा राखेका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, २१ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट