logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    858
    SHARES
    कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश, उपप्रमुख रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



    बिहीबार विशेष अदालत काठमाण्डौमा उनीहरूविरूद्ध मुद्दा दायर भएकाे अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरूले १२ लाख ५२ हजार ९४१ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारकाे ठहर छ ।

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिशविक्रम साह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साह छन् ।

    कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमानबमोजिम कार्य नगरी कमसल काम गरेको भन्दै उजुरी परेको थियो । सोही उजुरीपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, २१ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट