logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बीमा प्राधिकरणको आयोजनामा ट्राफिक प्रहरी सचेतना कार्यक्रम

    बीमा प्राधिकरणको आयोजनामा ट्राफिक प्रहरी सचेतना कार्यक्रम

    1.8K
    SHARES
    बीमा प्राधिकरणको आयोजनामा ट्राफिक प्रहरी सचेतना कार्यक्रम

    काठमाण्डौ । जिल्ला प्रशासन कार्यलय, रुपन्देही र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा बुटवलको राजमार्ग चौराहामा ‘मेरो सवारी, मेरो लेन’ सम्बन्धि ट्राफिक कार्यक्रम सञ्चालन भएको छ । आम नागरिक तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुको जनचेतना फैलाउने उद्देश्यले असार २६ गतेदेखि उक्त कार्यालय सञ्चालन गरेको हो ।



     

    जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल बीमा प्राधिकरण तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरु, विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीमा उक्त कार्याक्रम सञ्चालन भैरहेको छ । सोही सन्दर्भमा आज अर्थात असार ३१ गतेका दिन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका प्रहरी नायव उपरिक्षकको नेतृत्वमा बुटलवको राजमार्ग चौराहामा बिहान ८ बजेदेखि १० बजेसम्म कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा लगायतका कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

     

    नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले खर्च व्यहोर्ने गरी आयोजना गरिएको सो, कार्यक्रमको व्यवस्थापन जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले गर्दै आएको छ ।

    कार्यक्रमको मुख्य उद्देश्य ट्राफिक सचेतना मार्फत आफुले चलाएको सवारी साधन कतिको गतिमा चलाउने, आफुले चलाएको सवारी साधन कुन प्रकारको हो ?, कुन लेनबाट जानु पर्छ ?,र ओभरटेक गर्दा कुन साइडबाट गर्नु पर्छ र? भन्ने सूचनाले सवारी साधन कम दुर्घटना हुने र सबै पक्षलाई राम्रो र फाइदा हुने रहेको छ ।

     


    अर्थ चाैतारी
  • सोमबार, ३२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट