logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आरएसडिसी लघुवित्तको नाफा ३६.४७ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा ६.७६ करोड रुपैयाँ

    आरएसडिसी लघुवित्तको नाफा ३६.४७ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा ६.७६ करोड रुपैयाँ

    559
    SHARES
    आरएसडिसी लघुवित्तको नाफा ३६.४७ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा ६.७६ करोड रुपैयाँ

    काठमाण्डौ । गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने आरएसडिसी लघुवित्त वित्तीय संस्था पहिलो बनेको छ । चौंथो त्रैमासमा लघुवित्तको खुद नाफा ३६.४७ प्रतिशत बढेर १४ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।



    गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.२२ प्रतिशत घटेर २४ करोड ४७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २८ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    १२ महिनाको अवधिमा लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४७.९४ प्रतिशत घटेर १ करोड ३६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशत घटेर २६ करोड ३ लाख रुपैयाँ छ । लघुवित्तको सञ्चालन नाफा ३५.१२ प्रतिशत बढेर २० करोड ९४ लाख रुपैयाँ गरेको छ । लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

    समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ८.६ प्रतिशत बढेर ९४ करोड ४३ लाख रुपैयाँ र जगेडा कोष १५.४७ प्रतिशत बढेर २ करोड ३२ लाख रुपैयाँ छ । यस अवधिमा लघुवित्तले ५ अर्ब ३५ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ३.१७ रुपैयाँ बढेर १५.५३ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.५६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १२४.५० रुपैयाँ छ । लघुवित्तको खराब कर्जा १.४० प्रतिशत रहेकोमा बढेर ३.३१ प्रतिशत पुगेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट