logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

    पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

    1.1K
    SHARES
    पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

    जुम्ला । अविरल वर्षासँगै मंगलबार राति पहिराले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।



     

    गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाण्डाै जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए । गगनेखोलामा सडक साँघुरो रहेकाले ठूला मालवाहक ट्रकलाई पास हुन गाह्रो हुने देखिएकाले ब्रेकर लगाएर खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट