logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • पहिरो हटाएपछि आज बिहानबाट कर्णाली राजमार्गमा गाडी गुड्न थाले

    पहिरो हटाएपछि आज बिहानबाट कर्णाली राजमार्गमा गाडी गुड्न थाले

    1.6K
    SHARES
    पहिरो हटाएपछि आज बिहानबाट कर्णाली राजमार्गमा गाडी गुड्न थाले

    सुर्खेत । पहिरो हटाएपछि कर्णाली राजमार्गमा गाडी गुड्न थालेका छन्। सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो।



     

    जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्गमा पूर्ण रूपमा गाडी चल्न थालेका छन्।पटकपटक सानाठूला पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुने गरेको छ।

     

    पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको जिटीले बताए। ‘उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएका छौँ,’ उनले भने। स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गर्दै आएका छन्। रासस


    अर्थ चाैतारी
  • आइतबार, २७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट