logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • काठमाण्डौभित्रका सहकारीलाई यद्यावधिक विवरण पेस गर्न महानगरको निर्देशन

    काठमाण्डौभित्रका सहकारीलाई यद्यावधिक विवरण पेस गर्न महानगरको निर्देशन

    845
    SHARES
    काठमाण्डौभित्रका सहकारीलाई यद्यावधिक विवरण पेस गर्न महानगरको निर्देशन

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगरभित्रका सहकारीहरूलाई तीन महिनाभित्र यद्यावधिक विवरण पेश गर्न निर्देशन दिएको छ। आइतबार सूचना प्रकाशित गरी महानगरको सहकारी विभागले सबै सहकारी संस्था लिमिटेडका नाममा यस्तो निर्देशन जारी गरेको हो।



    काठमाण्डौ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा (५२) बमोजिम आर्थिक वर्ष २०८०/०८१ समाप्त भएको तीन महिनाभित्र दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था भए अनुसार महानगरपालिकाको क्षेत्राधिकारमा रहेका सम्पूर्ण सहकारी संस्थालाई अद्यावधिक विवरण पेस गर्न भनिएको छ।

    विवरणमा कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धि नीति तथा योजना, सञ्चालकको नाम तथा बाँकी कार्यावधिको सूची, साधारण सभाको बैठक सम्बन्धि जानकारी, सेयर सदस्य संख्या र सेयर पुँजी, कुल बचत तथा कर्जाको विवरण, सञ्चालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम र बचत फिर्ता माग गर्ने बचतकर्ताहरुको विवरण उल्लेख गर्न भनिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट