काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २९ हजार ७२१ कित्ता सेयर बिक्रीमा राखेको हो ।
लघवित्तले उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ । साथै लघुवित्तको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
इच्छुक सेयरधनीले ३५ दिनभित्र उक्त सेयरका लागि आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।,
अर्थ चाैतारी ।