logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सात वटा सहकारीलाई कारबाही गर्न सीआईबीलाई काठमाण्डौ महानगरको पत्र

    सात वटा सहकारीलाई कारबाही गर्न सीआईबीलाई काठमाण्डौ महानगरको पत्र

    1.5K
    SHARES
    सात वटा सहकारीलाई कारबाही गर्न सीआईबीलाई काठमाण्डौ महानगरको पत्र

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सात वटा सहकारीलाई कारबाही गर्ने सिफारिस गरेको छ । सहकारीलाई अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्र पठाएको हो ।



    ४० वटा सहकारीको अनुगमन गर्दा सात वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि पत्र पठाएको जनाएको छ । अनुसन्धानका लागि लेखी पठाएका सहकारीहरूमा ६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् ।

    यसमा बचत तथा ऋणतर्फ सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् । यस्तै, आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छ ।


    अर्थ चाैतारी
  • विहिबार, २० भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट