logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • गुराँस लघुवित्तको लाभांश घोषणा

    गुराँस लघुवित्तको लाभांश घोषणा

    2.5K
    SHARES
    गुराँस लघुवित्तको लाभांश घोषणा

    काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।



    लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    लघुवित्तको हाल कायम चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ रहेको छ । लघुवित्तले १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

    लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, २५ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट